एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने

  असोज ०९, २०८०

बेइजिङ, ९ असोज : चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

‘विश्व समुदायको साझा भविष्य : चीनकोे प्रस्ताव र व्यवहार’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशान्त क्षेत्रका २१ देश सदस्य रहेको अन्तरसरकारी मञ्च एपेकको अमेरिका बैठकमा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । (रासस /सिन्ह्वा)

तपाईको प्रतिक्रिया