बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा पैतीस जनाको मृत्यु

  असोज ०७, २०८०

कोटोनु, ७ असोज : गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छभने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अन्सार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् ।
पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । (रासस)

तपाईको प्रतिक्रिया