पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

  असोज ०७, २०८०

रामल्लाह (प्यालेस्टाइन क्षेत्र), ७ असोज : इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टिनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टिनी मारिएका छन् । (रासस)

तपाईको प्रतिक्रिया