प्रवासीको कथामा ‘परदेशी २’

  असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ को प्रदर्शन दसैँलाई लक्षित गर्दै असोज २६ गतेलाई घोषणा गरिएको छ ।

निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पिडालाई देखाइएको छ ।

चलचित्रमा परदेशीको जीवनमा देखाइएको निर्देशक रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।”

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोलालगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गर्नुभएको छ ।

चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया