गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ

  भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : काठमाडौँको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल कीर्तिपुरको पाँगा बस्ने २० वर्षीय मिलन थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँगा क्षेत्रमा कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा विशेष प्रहरी टोलीले निजलाई पक्राउ गरेको राससले जनाएको छ ।

पक्राउ परेका थापाको साथबाट एनसेलको सिमकार्ड तीन हजार सात सय थान, विभिन्न कम्पनीका ल्यापटप २३ थान, विभिन्न व्यक्तिका नागरिकता २७ थान, मतदाता परिचयपत्र थान एक तथा राहदानी एक थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया