काठमाडौँ, २६ भदौ : मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा अहिले सुरु भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनसँग केन्द्रीय भएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनेबारे निर्णय गर्ने तयारी रहेको बताइएको छ ।