सडक दुर्घटनामा छ जनाको मृत्यु

  भदौ १७, २०८०

पिलिभित (उत्तर प्रदेश), १७ भदौ : उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्युभएको छ ।

दुर्घटनामा घाइतेभएका दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच, महाराष्ट्रको थानेमा भएको अर्को सडक दुर्घटनामा दुईजनाले ज्यान गुमाएका तथा अन्य दुईजना घाइते भएका थानेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया