पोर्ट सुडान (सुडान), १२ भदौ : सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन् । गत अप्रिलमा युद्ध सुरु भएयता उनको यो पहिलो विदेश भ्रमण हो ।
सुडानको दोस्रो ठूलो शहर न्यालामा जारी पछिल्लो सङ्घर्षमा ३९ जनाले ज्यान गुमाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सरकारी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीभको द्वन्द्वमा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् ।
जनरल बुरहान र उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोबीचको मतभेद अप्रिल १५ देखि युद्धमा परिणत भएपछि राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौंको मृत्यु भएको छभने लाखौँ पलायन भएका छन् ।






