पहिरोले बिगुमा चार घरमा क्षति

  भदौ १०, २०८०

दोलखा, १० भदौ : दोलखामा पहिरोले चार घरमा क्षति पु-याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पु-याएको हो ।

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिनुभयो । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पु-याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यलय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।

तपाईको प्रतिक्रिया