प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’

  भदौ १०, २०८०

नेपालगन्ज, १० भदौ :  बाँकेको नेपालगन्जमा प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीको आयोजनामा नेपालगन्जमा शनिबार प्रतिभा खोजीको अन्तिम प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रमकी संयोजक अन्जु रसाइलीले यस प्रतियोगितामा नृत्य, गायन र मोडलिङ गरेर तीन वटा विधा सामेल गरिएको जानकारी गराउनुभयो । कार्यक्रमका सहआयोजक सत्यनारायण चौधरीले स्थानीय कलाकारलाई मञ्च प्रदान गर्नका लागि नेपालगन्जमा प्रतिभाको खोजी गरिएको स्पष्ट पार्नुभयो । 

चौधरीले भन्नुभयो, “हामीले स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिएका छौँ । यसले उनीहरूमा रहेको प्रतिभा बाहिर ल्याउनका लागि ठुलो भूमिका खेल्नेछ ।” अन्तिम प्रतियोगितामा गायक तथा मोडेल दुर्गेश थापा र गायक नरेश बुढाथोकीको जोडदार प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

आयोजक अनुसार नृत्यतर्फको विजेतालाई २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद राशिको पुरस्कार दिइनेछ । अन्य दुई वटा विधाको विषयमा पुरस्कार आयोजकहरूबिच छलफल भइरहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया