आज देशैभर दिनभर वर्षाको सम्भावना

  भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । सधैँ यो दिनमा दिनभर पानी पर्ने गर्छ । अघिल्लो वर्षहरूमा जस्तै यो वर्ष पनि आज दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मङ्गलबार देशभर सामान्यतया बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया