भक्तपुर, २ भदौ : नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यद्वारा लिखित ‘अविश्रान्त स्काउट यात्रा’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
आज भक्तपुर आयोजित कार्यक्रममा पूर्वप्रधानाध्यापक, शिक्षासेवी, समाजसेवी एवं स्काउटमा लामो जीवन बिताउनुभएका भक्तपुर गोल्मढी निवासी कर्माचार्यको पुस्तक आज नेपाल स्काउटका पूर्वमुख्य आयुक्त वरिष्ठ स्काउट सदस्य रामवदन जोशीले विमोचन गर्नुभएको हो ।
दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा रामगोपालका दृष्टिमा स्काउटअन्तर्गत उहाँले विभिन्न समयमा लेख्नुभएका १५ वटा लेख सङ्ग्रहित छन् भने दोस्रो खण्डमा स्काउटरका दृष्टिमा रामगोपालअन्तर्गत विभिन्न स्काउट सदस्यले रामगोपालका बारेमा लेखिएका १९ वटा लेख सङ्ग्रहित रहेका छन् ।
कमलाभक्त प्रकाशन भक्तपुरले प्रकाशन गरेको पुस्तकका बारेमा भक्त राजभण्डारी, नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, पूर्वप्रमुख आयुक्त श्रीराम लामिछाने, पूर्वसहप्रमुख आयुक्त रवीन्द्रप्रसाद पाण्डे, पूर्व अन्तर्राष्ट्रिय आयुक्त रत्नकाजी निरौला, नेपाल स्काउटका बागमती संयोजक शिवराम अर्याल, अनुशिलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, महेन्द्रगोपाल कर्माचार्य, विजय कर्माचार्यलगायतले पुस्तकबारे विविध चर्चा गर्नुभएको थियो ।