स्वर्गीय सुबोधसिंह स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार झालाई

  भदौ ०१, २०८०

वीरगञ्ज, १ भदौ : यस वर्षको स्वर्गीय सुवोधसिंह स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा विश्लेषक चन्द्रकिशोर झालाई प्रदान गरिएको छ ।

वीरगञ्जस्थित प्रतिक प्रकाशन समुहद्वारा फोटो पत्रकार स्वर्गीय सुवोध सिंहको स्मृतिमा स्थापित रु ५१ हजार राशिको सो पुरस्कार आज एक कार्यक्रमबीच झालाई प्रदान गरिएको हो ।

प्रतिक दैनिक पत्रिकाको ३७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कान्तिपुर दैनिकका स्तम्भकारसमेत रहनुभएका वरिष्ठ पत्रकार झालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

यसघि सो पुरस्कार फोटो पत्रकारिता विद्यामा मात्रै प्रदान गरिँदै आएकोमा यसवर्षदेखि जुनसुकै विद्याका एक जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले पुरस्कार राशिलाई बढाउन महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अघिल्लो वर्ष सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटालाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया