श्री मोक्तान योञ्जनको ‘कोसेली’ सार्वजनिक

  साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : प्रेम कथामा आधारित गायिका श्री मोक्तान योञ्जनको स्वरमा रहेको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत रहेको छ । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र विनोद खड्काको अभिनय हेर्न सकिन्छ ।

म्युजिक भिडियोमा ‘मेरो माया, कोसेली के दिऔँ तिमीलाई’, ‘मेरो कल्पनामा भए पनि अङ्गाली देऊ न’, ‘हात यो थामी हेर, कोसेली ल्याएको छु’, ‘ऐँसेलुजस्तो तिमी काँडाभित्र रहने’, ‘चिसो चिसो मौसम छ, हात मेरो चिसो, न्यानो बनाइ हिँडौला’ लगायत बोलका गीत समावेश गरिएको छ ।

महफुज हुसेनले छायाङ्कन गरेको भिडियो रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । अमेरिकामा निर्माण गरिएको भिडियो फरक शैलीको बनेकाले दर्शकको मन जित्न सफल छ । भिडियो कोसेली स्टुडियोको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । निर्माण समूहले भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया