अफगानिस्तानको जेलमा १६ विदेशी र ११९४ महिलासहित १६ हजार बढी बन्दी

  साउन २८, २०८०

काबुल, २८ साउन : अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ ।

‘पाँच महिलासहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको छ,’ बख्तरले जेल अधिकारी मोहम्मद युसुफ मेस्तारीलाई उद्धृत गर्दै जनाएको छ ।

अफगानिस्तानको जेलमा १६ विदेशी र १ हजार १९४ महिलासहित १६ हजारभन्दा बढी बन्दी रहेको समाचार एजेन्सीले सार्वजिनक गरेको हो ।

जेलमा रहेका विदेशी बन्दीहरू कुन कुन देसका हुन् भन्ने भने सार्वजिनक गरिएको छैन ।

तर अधिकारीहरूले बन्दीहरू अपराधमा संलग्न रहेको भन्दै कुनै पनि राजनीतिक बन्दी नरहेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया