इस्लामाबाद, २८ साउन : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको थियो जहाँ आतंकवादीहरूले एउटा काफिलेमा हमला गरेका थिए ।
बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन् । प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।






