नवजात शिशुसहित छ जना मारिए

  साउन २८, २०८०

किएभ, २८ साउन : दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ ।

रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताउनुभएको छ । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जनामारिएका उहाँले बताउनुभएको छ ।

खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भएपनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताउनुभएको छ ।

गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गतवर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया