‘चारकुने रुमाल’ सार्वजनिक

  साउन २८, २०८०


काठमाडौँ, २८ साउन : ‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आउनुभएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वर रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ ।

प्रदीप पोख्रेलको शब्द रहेको उक्त गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका सङ्गीतकार टीका दाहालले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा स्वयम् गायक उप्रेतीको सङ्गीत संयोजन छ । रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई दर्शाउँदै ‘मायाको चिनो च्यातिने डर, चारकुने रुमाल चट्टै’, ‘मिठो मिठो माया देख्छु, त्यो मनमा’, ‘दोबाटोमा कुरी बसेँ है, चारकुने रुमाल साटुँ भनी’, ‘म त तिमिलाई कुरी बसेँ है’, ‘ये ल है दोबाटोमा कति कुरी बसेँ’लगायत गीत यसमा समावेश गरिएका छन् ।

श्रव्यदृश्यमा अभिनेत्री प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । बल्लभ उप्रेतीकोे निर्देशनमा श्रव्यदृश्य तयार पारिएको हो ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।