सांसद शर्मा पक्राउबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

  साउन २८, २०८०

काठमाडौँ, २८ साउन : सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा पार्टीका सांसद डा सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने पार्टी सचिवालयले जनाएको छ ।

साथै संसद्को गतिरोध अन्त्य गर्न र संसद् सुचारु गर्ने बारेमा छलफल हुने न्यूज एजेन्सी नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया