समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

  साउन २७, २०८०

काठमाडौँ, २७ साउन : नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाले)मा फर्कनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराउनुभएको हो ।

तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी हुनुहन्थ्यो । एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

तपाईको प्रतिक्रिया