इक्वेडरमा राष्ट्रतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

  साउन २५, २०८०

क्विटो, २५ साउन : राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ ।

“ राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भन्नुभएको छ ।

दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी ¥यालीमा गोली हानी हत्या गरिएको हो ।

तपाईको प्रतिक्रिया