पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

  साउन २१, २०८०

तिबिलिसी, २१ साउन : पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन् ।

साथै उद्धारका क्रममा २ सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोमा परी करिब २० जना बेपत्ता रहेकाले पीडितको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय प्रतिवेदनले अनुमान गरेको छ ।

शनिबार जर्जियाका स्वास्थ्य मन्त्री जुराब अजराशभिलीले दर्जनौं उपकरण उद्धार कार्यमा परिचालन गरिएको बताएका छन् ।

विभिन्न राज्य एजेन्सीहरूले प्रकोप राहत कार्यहरूमा समन्वय गरेको पनि अजराशभिलीले जानकारी दिएका छन् ।

यसैबीच जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबासभिलीले पहिरो पीडितको सम्झनामा सोमबार एक दिन शोकको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया