प्रेसु मिस टिन इन्डियाको ग्रान्ड फिनालेमा

  साउन २०, २०८०

नेपालगन्ज, २० साउन : बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट हुनुभएको छ।

नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल हुनुभएको उहाँकी आमा यामु बुढाक्षेत्रीले बताउनुभयो। ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ। त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ।

नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन हुनुहुन्थ्यो। उहाँ नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल हुनुभएको थियो।

प्रेसुसिंहले मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको बताउनुभयो।

तपाईको प्रतिक्रिया