‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री

  साउन १९, २०८०

काठमाडौँ, १९ साउन : डार्क हर्स इन्टरटेनमेन्ट प्रालिद्वारा निर्माणाधीन चलचित्र ‘अगस्त्य–भाग १’को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज प्रालिबिच चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर सम्झौता भएको हो ।

सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब आठ सयदेखि एक हजार सो, क्यानडामा १५० सो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० सो, अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा करिब पाँच सय सो र मध्यपूर्वका विभिन्न देशका हलमा ७५० सो प्रदर्शन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निर्माण पक्षले चलचित्रको छायाङ्कन करिब ४५ प्रतिशत सकिँदै गर्दा नै अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री हुनुलाई उपलब्धि मानेको छ । चलचित्रको ४५ प्रतिशत छायाङ्कन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायाङ्कन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी सातादेखि सुरु हुँदै छ ।

सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रवीन्द्र झालगायत कलाकारसँगै बलिउड कलाकारहरूको पनि चलचित्रमा अभिनय रहने छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया