‘चुपचाप मन पराएँ’ लोकार्पण

  साउन १७, २०८०

काठमाडौँ, १७ साउन : गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीतिसङ्ग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सुगम सङ्गीतमा आधारित सात वटा गीत सङ्ग्रहित गीतिसङ्ग्रह लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा तथा विशेष अतिथिहरू सङ्घका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रूपमा सङ्ग्रह लोकार्पण गर्नुभएको हो । गीतमा गायकगायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीत समावेश गरिएका छन् ।

एल्बममा समावेश गीतमा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाललगायत गायकगायिकाको स्वर रहेको छ । सङ्गीतकार किर्ति न्यौपाने (दिवाकर शर्मा) द्वारा सङ्गीतबद्ध छ वटा गीत समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको सङ्गीत र निर्देशन छ ।

तपाईको प्रतिक्रिया