सिरहाको गोलबजारमा युवकको शव फेला

  साउन १६, २०८०

लहान, १६ साउन : सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुनसक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भन्नुभयो, “अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शङ्का छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।”

तपाईको प्रतिक्रिया