चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री

  साउन १३, २०८०

काठमाडौँ, १३ साउन : चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो ।

चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ । ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो । चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ ।

यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रूपमा दयाहाङ राई र बुद्धि तामाङ र नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भइसक्नुभएको छ । निर्देशक शेर्पाको यो पहिलो निर्देशकीय चलचित्र हो । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया