काठमाडौं, असार २८ : कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्णले ज्ञानेश्वरस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।