सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

  असार २८, २०८०

काठमाडौं, असार २८ : सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोमा हकवाला क्षितिज आलेलाई बैंकले १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको हो ।

बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया