काठमाडौं, असार २८ : एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।
चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रूपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुका बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारीले बिमा बापतको रकम प्राप्त गरेका हुन्। उनीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकले जनाएको छ ।