भक्तपुर, २३ असार : मोहन के श्रेष्ठद्वारा लिखित नवीनतम उपन्यास ‘माया मिस्ट्री’ आज मध्यपुरथिमिमा विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपन्यासका सम्पादक एवं अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीलगायतले संयुक्तरुपमा उपन्यास विमोचन गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले साहित्य, कला, संस्कृति र शिक्षा तथा स्वाथ्यमा विशेष जोड दिएको चर्चा गर्नुभयो । पुस्तकका सम्पादक जीवनाथ अधिकारीले लेखक मोहन के श्रेष्ठ नवप्रतिभाका रूपमा देखा परेको चर्चा गर्नुभयो ।
लेखिका डा सीता सुवेदी पन्थीले उपन्यासले सामाजिक जीवनको उजागर गरेको चर्चा गर्दै पुस्तकमा चोखो प्रेमको सूक्ष्म विश्लेषण गरिएको बताउनुभयो । कवि नवीनप्रकाश श्रेष्ठ, डा इन्दुल केसी, उपन्यासका लेखक श्रेष्ठले उपन्यास लेखनमा अनुभव र कल्पनाको संयोजन गरिएको बताउनुभयो ।