अष्ट्रेलियाको तीन वटा प्रतियोगितामा निर्णायकको भूमिकामा अशोक खड्का

  असार १५, २०८०

काठमाडौं, १५ असार : नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ ।

वल्र्ड तेक्वान्दोको आयोजना र अष्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि टु इभेन्टका तीन प्रतियोगिता डब्ल्युटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नुहुनेछ ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसमम हुनेछ । अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नुहुनेछ। अशोक आइतबार अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ ।

अशोक इन्टरनेसनल पुम÷डान एक्जामिनर कोर्समा सहभागी हुन अष्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ ।

सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ। खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोक विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया