जसपाको विधान अधिवेशन सुरु

  असार १०, २०८०

काठमाडौं, १० असार : जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आजबाट सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा केहीबेर अघि सुरु भएको अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी छन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया