कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन : नेता सिंह

  जेठ २८, २०८०

काठमाडौँ, २८ जेठ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताउनुभएको छ । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताउनुभएको हो ।

“प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भन्नुभयो । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उहाँले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुुभयो । उहाँले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुुभयो ।
रासस

तपाईको प्रतिक्रिया