लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

  जेठ २८, २०८०

काठमाडौँ, २८ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जानुभएको हो । उहाँ उपचार सकेर एकसातापछि स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया