विश्व रक्तदाता दिवसमा जनचेतना

  जेठ २५, २०८०

काठमाडौँ, २५ जेठ : विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा ब्लड डोनर्स एसोसियसन नेपाल ब्लोदान काठमाडौँ र पूर्वीभेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लबका संयुक्त आयोजनामा आज रक्तदान जनचेतना प्रभातफेरी सम्पन्न भएको छ ।

ब्लोदानको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाका अध्यक्षलगायत पदाधिकारी, काठमाडौँ जिल्ला शाखाका अध्यक्षलगायत पदाधिकारी, मध्य क्षेत्रका अध्यक्षलगायत पदाधिकारी, पूर्वीभेगीय क्षेत्रका अध्यक्षलगायत पदाधिकारी, लायन्स क्लबका पदाधिकारी, सामुदायिक प्रहरी तथा कोटेश्वर प्रहरी प्रभागका प्रहरीलगायत स्वयंसेवी रक्तदाताको सहभागिता थियो ।

पदयात्रा कोटेश्वर प्रहरी प्रभागबाट सुरु भई सेती ओपी मार्ग, धर्मस्थल मार्ग, सहयोगीनगर, मदन भण्डारी उद्यान हुँदै कोटेश्वर महादेव मन्दिरमा पुगी सभामा परिणत भएको थियो ।

सभामा सभासद् सुनिल केसीले आफू स्वयं स्वयंसेवी रक्तदाता भएको र रक्तदानका क्षेत्रमा आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लबका डिस्ट्रिक्ट अध्यक्ष डा राजेन्द्र गिरीले क्लबले रक्तदानका क्षेत्रमा ब्लोदान जस्तो परोपकारी संस्थासंँग सहकार्य गर्दै रक्तदानका कार्य गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानको भूमिका र विश्व रक्तदाता दिवसका अवसरमा संस्थाका साताव्यापी कार्यक्रमबारे जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया