सडक दुर्घटनामा बोत्स्वानामा २२ जनाको मृत्यु, ७ घाइते

  जेठ १९, २०८०

गेबोरोन, १९ जेठ : बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया