‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण

  जेठ १६, २०८०

भैरहवा, १६ जेठ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद खाँनले भन्नुभयो, “क्लिनग्रीन सिद्धार्थनगरको नारा अनुसार यसलाई सबै परिवारसम्म प¥याराउने छौँ ।”

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न नगरपालिकाल प्रयास गरेको हुनाले सबै क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सडक–नाला तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न नगरपालिकाले आग्रह गरेको छ ।

सरसफाइ अभियानमा सिद्धार्थनगरका सबै जनप्रतिनिधि सहभागी भएका छन् । सरसफाइ अभियान जनस्तरबाट हुनुपर्ने भन्दै उपप्रमुख उमा अधिकारीले यसको नेतृत्व नगरपालिकाले गर्ने बताउनुभएको छ ।

स्थानीय समाजसेवी ओमकार गौचनले नगरपालिको यो अभियानले आफूमा गर्वको अनुभूति भएको बताउनुभयो । “सुन्दर नगरलाई सफा र हराभरा बनाउने जिम्मेवार पनि नगरपालिका र स्थानीय जनताको हो”, गौचनले भन्नुभयो । (रासस)

तपाईको प्रतिक्रिया