महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान

  जेठ १६, २०८०

काठमाडौँ, १६ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ ।
मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पु्याएको योगदानस्वरुप सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताउनुभयो । “आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले पु¥याएको योगदान विश्वसामु पुगेको छ । अपाङ्गता भएकै कारण निराश हुनुभएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो ।
विश्व कीर्तिमान राख्न सफल हुनुभएका बुढाले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पुर्ण अपाङ्गता भएका व्यक्तिलाई हो भन्नुभयो । “मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पुर्ण अपाङ्ग व्यक्तिलाई गरेको महसुुस भएको छ । हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास सबै अपाङ्गता भएका व्यक्तिमाझ पुगेको छ”, बुढामगरले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहजताका लागि अपाङ्गतामैत्री कार्यलय, सडक, पार्किङ लगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उहाँको भनाइ छ । (रासस)

तपाईको प्रतिक्रिया