सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो

  जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया