रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

  जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई गणतन्त्र दिवसको उपलक्षमा आममाफि दिने तयारी चल्दै गर्दा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन लेखेकी थिइन् ।

चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने गरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया