जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

  जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो ।

उहाँका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।

तपाईको प्रतिक्रिया