कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

  जेठ १४, २०८०

विराटनगर, १४ जेठ : प्रदेश नं १ को नाम कोसी प्रदेश राखेको विरुद्धमा प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेशसभा सचिवालय आसपास, देवकोटा चोक र अस्पताल चोकबाट आन्दोलनकारीलाई पक्राउ गरिएको हो ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने प्रयास गरेपछि उनीहरूलाई रोक्नका लागि पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुङ्गा बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया