जेलेन्स्कीसँग भेट नभएकोमा ब्राजिलियाली राष्ट्रपति लुला दुःखी

  जेठ ०८, २०८०

हिरोसिमा, ८ जेठ : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह जी–सेभेन शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताउनुभएको छ ।

हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धताका पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको माग गर्नुभएको थियो ।

दुवै नेताले समय तालिकाको विवादले उनीहरूलाई बैठक गर्नबाट रोकेको बताएका छन् । जेलेन्स्कीले आफ्नो व्यस्थताले ब्राजिलियाली समकक्षीलाई ‘निराश’ बनाएको हुन सक्ने स्वीकार्नुभएको छ ।

लुलाले भन्नुभयो, “म निराश थिइनँ तर दुःखी छु किनभने म उहाँलाई भेट्न र यस विषयमा छलफल गर्न चाहन्थेँ ।”

उहाँले थप्नुभयो, “जेलेन्स्की एक वयस्क व्यक्ति हुनुहुन्छ । उहाँलाई थाहा छ कि उहाँले के गर्नुभयो ।”

लुलाका अनुसार उहाँको टोलीले आइतबार दिउँसो जेलेन्स्कीसँग बैठक गर्ने कार्यक्रम तय गरेको छ । लुलाले थप्नुभयो, “युक्रेनी नेता ढिलो आइपुग्नुभएको र त्यसपछिको लागि उहाँको अरू नै कार्यक्रम तय थियो ।”

तपाईको प्रतिक्रिया