अध्यक्ष झाद्वारा रासस लुम्बिनी प्रदेश कार्यालयको निरीक्षण

  जेठ ०७, २०८०

लुम्बिनी, ७ जेठ : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलको आज निरीक्षण गर्नुभएको छ ।

अध्यक्ष झाले बुटवल उपमहानगरपालिका–४ स्थित रासस प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको हो । रासस प्रदेश कार्यालयको हालै मर्मतसम्भार सम्पन्न भएको कार्यालय भवनको मर्मतको कामबारे जानकारी लिनुभयो । उहाँले रासस मुख्यतया समाचार सेवा प्रवाह गर्ने संस्था भएकाले प्रदेश कार्यालयबाट राससले दिनुपर्ने समाचार खोजी र स्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष झाले प्रदेश कार्यालयबाट प्रदेशका गतिविधिमा ध्यान दिन र सबै पक्षसँगको समन्वयमा राससका काम कारबाही अगाडि बढाउन निर्देशन दिनुभयो । त्यस अवसरमा रासस प्रदेश कार्यालयको गतिविधिबारे रासस प्रदेश कार्यालय प्रमुख भरत केसीले अध्यक्ष झालाई जानकारी गराउनुभएको थियो । उहाँले रासस भवनको मर्मतसम्भारको गुणस्तरीयताका बारेमा जानकारी गराउनुभयो ।

यसका साथै प्रदेश राजधानीमा राससका लागि जग्गा प्राप्तिबारे भएको प्रगति अध्यक्ष झालाई कार्यालय प्रमुख केसीले जानकारी गराउनुभएको थियो । (रासस)

तपाईको प्रतिक्रिया