भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

  जेठ ०५, २०८०

त्रिवेणी, ५ जेठ : नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा भएको नेपाल पे्रस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उहाँले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भन्नुभयो, “मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुप¥यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।”

सो अवसरमा उहाँले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताउनुभयो । “जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया