बेइजिङ, ५ जेठ : बेइजिङ समय शुक्रबार बिहान १०: ५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।
सो भूकम्पको केन्द्रबिन्दु २३।१ डिग्री दक्षिण अक्षांश र १७०।७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।






