प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

  बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ । यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया