पुष्पलाल मित्रता केन्द्रको अध्यक्षमा खतिवडा

  बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : जगन्नाथ खतिवडाको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्रको नयाँ कार्यसमिति चयन भएको छ । केन्द्रको विशेष साधारणसभाले ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा जयन्ती राई र विश्वनाथ प्याकुरेल, महासचिवमा डा कृष्णराज पन्त, सचिवद्वयमा मेटमणि चौधरी र दामोदर अर्याल तथा कोषाध्यक्षमा विष्णु लम्साललाई निर्वाचित गरेको हो ।

अध्यक्ष खतिवडा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । उपाध्यक्ष राई पार्टीको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य हुनुहुन्छ । सचिव चौधरी पनि पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको नामबाट स्थापना गरिएको केन्द्रले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकासका साथै सांस्कृतिक रुपान्तरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया