महोत्तरी, ३० वैशाख : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामुदायिक विद्यालय, कलेज र अन्य शिक्षासम्बद्ध संस्थाको खस्कँदो साख अहिले मुख्य चुनौती बनेको बताउनुभएको छ । महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा ९प्राज्ञसभा०को उद्घाटन गर्दै उहाँले सामुदायिक शैक्षिक संस्थाको गिर्दो अविश्वासलाई विश्वासमा परिणत गर्नु मुख्य चुनौती भएको बताउनुभयो ।
सामुदायिक विद्यालय र कलेजमा राज्य र समुदायको ठूलो लगानी भए पनि जनताको पङ्क्तिमा विश्वास क्रमशः घट्दै गएको उहाँको भनाइ छ । “बस्ती–बस्तीमा स्थापित विद्यालयमा मनकारी दाताले ठूलो लगानी गर्नुभएको छ, राज्यको पनि ठूलो धनराशि शिक्षामा गइरहेको छ”, मण्डलले भन्नुभयो, “तर परिणाम सकारात्मक छैन ।” हाम्रो शिक्षा प्रणाली नै परिमार्जनको अवस्थामा रहेको उहाँले औँल्याउनुभयो ।
“हेर्नोस् न, भवनदेखि अन्य भौतिक पूर्वाधारका दृष्टिले हाम्रा कलेज ठिकै देखिन्छन्, तर विद्यार्थी निजी विद्यालय र कलेजमा पुग्छन्”, मण्डलले भन्नुभयो, “अब तीनै तहका सरकार र सम्बद्ध शिक्षा क्षेत्रले यसको जवाफ समाधान खोज्नुपर्दछ ।” आमरूपमा सामुदायिक शिक्षालयको साख गिरिरहेका बेला बर्दिबास जनता बहुमुखी क्याम्पसले पाएको सफलता भने सिङ्गो मधेसकै लागि अनुकरणीय बनेको मण्डलले उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले हाल कलेजमा एक हजार एक सय ३९ छात्रछात्रा अध्ययनरत रहेका र यिनमा छात्राको सङ्ख्या ५० प्रतिशतमाथि रहेको जानकारी दिनुभयो । नगरपालिका भनिए पनि ग्रामीण परिवेशका बस्तीबाट टाढा पढ्न जान नपाएका छोरीरबुहारीका लागि अहिले आफ्नो कलेज उच्च शिक्षाको गन्तव्य बनेको ठकुरीको भनाइ छ ।
विसं २०६४ मा त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र वाणिज्यशास्त्र ९बिबिएस०को स्नातक तह अध्यापनको स्वीकृति पाएको यो क्याम्पसमा २०७५ देखि शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तहको अध्ययनरअध्यापन हुँदै आएको छ । क्याम्पसका दुईवटा तीनतले भवनमा ३२ कोठा सञ्चालनमा छन् । कलेजको स्थायी आम्दानी विद्यार्थीबाट लिइने शुल्कमात्र भएको अवस्थालाई अब अन्य विकल्प खोज्ने बनाउन अपरिहार्य भएको कार्यक्रममा वक्ताहरूले औँल्याएका छन् ।